सुनमा अप्रत्याशित उछाल: दशैंपछि प्रतितोला २ लाख ३० हजार नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनमा अप्रत्याशित उछाल: दशैंपछि प्रतितोला २ लाख ३० हजार नाघ्यो



काठमाडाैँ । दशैं बिदा सकिएसँगै सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। आइतबार मात्र सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदी पनि प्रति तोला १२० रुपैयाँले बढ्दै २ हजार ९३० रुपैयाँमा कारोबार भएको छ।

विश्लेषकहरूका अनुसार, सुनको मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग र अमेरिकी डलर तथा नेपाली रुपैयाँको विनिमय दरको असरका कारण भएको हो।

सुनमा यत्रो वृद्धि भएपछि सामान्य उपभोक्ताले खरिद–बिक्रीमा कठिनाइ भोगिरहेका छन् भने आभूषण व्यवसायीहरूलाई पनि मूल्य समायोजन गर्नुपर्ने दबाब परेको छ।

विशेषज्ञहरूले आगामी दिनमा सुनको मूल्य अझै बढ्न सक्ने आशंका व्यक्त गर्दै, यसले सुनलाई सुरक्षित लगानीका रूपमा हेर्ने प्रवृत्ति बलियो बनाउन सक्ने टिप्पणी गरेका छन्।

प्रकाशित : 5 October, 2025 11:08 am