त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु



काठमाडौँ। भारी वर्षाका कारण शनिबारदेखि अवरुद्ध रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको आन्तरिक उडानहरू आइतबार बिहानदेखि सुचारु भएको छ।

मौसमी प्रणालीमा सुधार आएको र भिजिबिलिटी पनि स्पष्ट भएपछि विमानस्थल कार्यालयले आन्तरिक उडान सुचारु गरेको हो।

आइतबार बिहानै नेपालगञ्ज र भद्रपुरका लागि विमानहरू उडिसकेका छन् भने पोखरा, सुर्खेत लगायत अन्य विमानस्थलमा पनि उडान तथा अवतरण गर्न सहज परिस्थिति बनेपछि सबै जसो आन्तरिक उडानहरू सुचारु भएका हुन्।

शनिबार बिहान १० बजेतिरबाट अवरुद्ध रहेको अन्तर्राष्ट्रिय उडानहरू भने शनिबार साँझदेखि नै सुचारु भइसकेको छ। तर कतिपय विदेशबाट आउने जहाजहरू भारतको नयाँ दिल्लीमा रोकिएका थिए। ती जहाजहरू क्रमश हिजो साँझ र आइतबार बिहान नेपाल अवतरण गर्दैछन्।

प्रकाशित : 5 October, 2025 11:02 am