मानवीय क्षति शून्य हुने गरी काम गर्दै छौँ : गृहमन्त्री अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मानवीय क्षति शून्य हुने गरी काम गर्दै छौँ : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अविरल वर्षा पछि आएको बाढी तथा पहिरोको स्थितिमा क्षति शून्य हुने गरी काम गरिरहेको बताएका छन् । मन्त्रालयस्थित कन्ट्रोल रुमबाट उनले सर्वसाधारणलाई यो संदेश दिँदै भने, “हामी मानवीय क्षति शून्य हुने गरी काम गरिरहेका छौँ।”

मन्त्री अर्यालका अनुसार सरकारका सम्बन्धित निकायहरूलाई विपद्का बेलामा उद्धार कार्यमा मानवीय क्षति हुन नदिन विशेष ध्यान दिन निर्देशन दिइएको छ। उनले यस समयमा सुशासनको महत्व झनै बढ्ने उल्लेख गर्दै भने, “यदि विपद्का बेला नाजायज काम भयो भने सरकारप्रतिको आक्रोश बढ्न सक्छ।”

उनले मन्त्रालयका कर्मचारीहरूलाई कुनै कमजोरी गर्न नहुने निर्देशन दिंदै भने, “विपद्का बेलामा कुनै कमजोरी हुँदैन, यसमा पूर्ण सतर्क रहनुहोला।”

अविरल वर्षाबाट उत्पन्न चुनौतीलाई अवसरका रूपमा लिँदै जनधनको संरक्षण गर्न मन्त्रालयका संयन्त्रहरूलाई सक्रिय भएर काम गर्न उनले आग्रह गरेका छन्।

प्रकाशित : 4 October, 2025 8:35 pm