काठमाडाैँ । प्रभु बैंकका एक साहसी युवाले ऐतिहासिक सफलता हासिल गरेका छन् । बैंकका कर्मचारी बाेध किशोर लिम्बु ताङ्लिङले ६,११९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा सफलतापूर्वक आरोहण गरी बैंकको झण्डा फहराएका छन् ।
आज बिहान ७:१२ बजे ताङ्लिङले लोबुचेको शिखरमा प्रभु बैंकको झण्डा फहराएकाे हो। यो ऐतिहासिक उपलब्धिको साथमा, प्रभु बैंक लोबुचे हिमालको शिखरमा आफ्नो झण्डा पुर्याउने नेपालको पहिलो बैंक बन्न सफल भएको छ।
आरोहणको यात्रा सहज भने थिएन। उचाइका कारण हुने स्वास्थ्य समस्या, अप्रत्याशित मौसमी अवस्था, र अन्य कठिन शारीरिक तथा मानसिक चुनौतीहरूको सामना गर्दै अदम्य साहस, प्रेरणा र दृढ संकल्पका साथ यो आरोहण सफल भएको हो।
”बैंकिङ्ग सीमाभन्दा पर” को नारालाई चरितार्थ गर्दै यो सफलताले बैंकिङ्ग सेवा केवल कार्यालयको डेस्कमा मात्र सीमित नभएर कुनै पनि उचाइमा पुग्न सक्छ भन्ने प्रमाणित गरेको छ।
आरोही बोध किशोर लिम्बु ताङ्लिङले प्रभु बैंकको एक गर्विलो सदस्यको रूपमा हिमालयको उचाइबाट बैंकको मूल्य-मान्यता र डिजिटल उत्पादनहरूलाई प्रवर्द्धन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए। आरोही ताम्लिङ तथा प्रभु बैंकले यो सफलता सम्पूर्ण प्रभु बैंक परिवारप्रति समर्पित गरेको छ।





Comment