यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले आज अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ४३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९० पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा तोकिएको छ । 

यसैगरी चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९३ पैसा र बिक्रीदर २० रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

 राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६९ रुपैयाँ ६३ पैसा तोकेको छ ।

प्रकाशित : 24 September, 2025 8:01 am