एनआईसी एशिया बैंकका ग्राहकका लागि लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकका ग्राहकका लागि लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट



नवलपरासी । एनआईसी एशिया बैंकका ग्राहकका लागि नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट सुविधा उपलब्ध हुने भएको छ। बैंक र रिसोर्टबीच सम्पन्न सम्झौताअनुसार अब ग्राहकले डिजिटल भुक्तानीमार्फत सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउनेछन्।

यस अन्तर्गत, बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गरेमा छुट सुविधा लिन सक्नेछन्।

एनआईसी एशिया बैंकका अनुसार, यो सहकार्यले ग्राहकलाई मात्र सुविधा दिने नभई मुलुकमा नगदरहित कारोबार र डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धनमा समेत टेवा पुर्‍याउनेछ।

उक्त सुविधा बर्दघाट, नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा लागू हुनेछ।

प्रकाशित : 23 September, 2025 1:26 pm