नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाल, हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगमा विज्ञ  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाल, हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगमा विज्ञ 



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर सिलवाललाई नियुक्त गरिएको हो ।

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ।

शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए ।

प्रकाशित : 21 September, 2025 9:10 pm