मनकामना केबलकारकाे नियमित सेवा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मनकामना केबलकारकाे नियमित सेवा सञ्चालनमा



मुग्लिन। चितवन कोइ समूहको मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ।

केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो।

सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको छ। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ।

प्रकाशित : 17 September, 2025 5:21 pm