टेनेक्स हाइड्रो होल्डिङ लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न, आइपिओ ल्याउने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

टेनेक्स हाइड्रो होल्डिङ लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न, आइपिओ ल्याउने निर्णय



भक्तपुर । टेनेक्स हाइड्रो होल्डिङ लिमिटेड (साविक राइजिङ हाइड्रोपावर) को १८औं वार्षिक साधारणसभा भक्तपुरस्थित होटल भादगाउँमा सम्पन्न भएको छ। साधारणसभामा सेयरधारकहरूको उल्लेखनीय सहभागिता रह्यो।

सभाले आ.व. 2081/82 को आर्थिक प्रतिवेदन, अडिटरको प्रतिवेदन, नगद प्रवाह विवरण तथा लेखापरीक्षण विवरण सर्वसम्मतिले पारित गरेको छ। यससँगै, कम्पनीले यस आ.व. भित्रै प्राथमिक सेयर निष्कासन (IPO) गर्ने निर्णय गर्दै सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

त्यस्तै, आगामी आ.व. 2082/83 का लागि अडिट कार्य पी. कुँवर एण्ड एशोसिएट्सलाई जिम्मा दिने प्रस्ताव पनि पारित गरिएको छ।

कम्पनीको सञ्चालनलाई सुदृढ बनाउन र रणनीतिक रूपमा अघि बढाउन चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरिएको छ।

नयाँ सञ्चालक समिति यस प्रकार रहेको छः

अध्यक्ष – शंकर बहादुर घिमिरे

प्रबन्ध निर्देशक – लिलामणि पाठक

सञ्चालक – अमिर केसी

सञ्चालक – डा. बौवालाल शाह

सञ्चालक –  स्नेहा मास्के

स्वतन्त्र सञ्चालक – डा. विजय प्रकाश सैजु

साधारणसभामा कम्पनीलाई अझ सबल बनाउने उद्देश्यले आगामी दिनमा विभिन्न जलविद्युत् परियोजनामा लगानी गर्ने निर्णय पनि गरिएको छ।

सञ्चालक समितिका अध्यक्ष शंकर बहादुर घिमिरेले कम्पनीका आगामी योजनाबारे जानकारी दिँदै, “IPO मार्फत पूँजी विस्तार गरी सेयरधारकलाई दीर्घकालीन लाभ दिने र ऊर्जा क्षेत्रमा अझ प्रभावकारी योगदान पुर्‍याउने हाम्रो लक्ष्य हो,” भने।

टेनेक्स हाइड्रो होल्डिङ लिमिटेडले यी निर्णयमार्फत आफ्नो आर्थिक क्षमता विस्तार गर्दै नेपालको ऊर्जा क्षेत्रको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित : 7 September, 2025 10:59 am