सनराइज होल्डिङ्गस् लिमिटेड साधारण शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सनराइज होल्डिङ्गस् लिमिटेड साधारण शेयर निष्काशन गर्ने



काठमाडौं । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता रु.१०० अंकित मूल्यका २४ लाख कित्ता शेयर जारी गर्ने योजना बनाएको छ, जसको कुल मूल्य रु.२४ करोड बराबर हुने छ।

यसको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (CEO) विजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका CEO विकास सिलवालले हस्ताक्षर गरेका छन्।

२०७१ सालमा स्थापित सनराइज होल्डिङ्गस् लिमिटेड एक नेपाली लगानी कम्पनी हो। यस कम्पनीले हालसम्म जलविद्युत, यातायात, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्दै आएको छ। कम्पनीले उच्च प्रतिफल दिने सम्भावित क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यका साथ सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको जनाएको छ।

प्रकाशित : 1 September, 2025 5:43 pm