बन्दीपुर केवलकारकाे आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बन्दीपुर केवलकारकाे आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला



काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई शेयर वितरण गरिसकेपछि अब सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले जारी पूँजी रु. २ अर्ब ८३ करोडमध्ये २०.७०६७ प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये विभिन्न समूहलाई बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन भएको छ।

प्रतिकित्ता अंकित मूल्य रु. १०० तोकिएको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति भदौ १५ गते तोकिएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित : 27 August, 2025 8:30 am