हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखि योजना निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखि योजना निष्काशन गर्ने

काठमाडाैं। हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखि योजना निष्काशन गर्ने भएको छ।

कम्पनीले एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाईमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागेको हो।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ। फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात २० करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

प्रकाशित : ६ भदौ २०८२, शुक्रबार १२:४४ 22 August, 2025 12:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।