काठमाडाै । नेपाल बैंक लिमिटेड र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. बीच अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी तथा ग्राहकले उपचार खर्चमा ५ देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। मोरङ जिल्ला, बिराटनगर–१० मा अवस्थित उक्त अस्पतालले न्युरो, कार्डियोलगायत बहु–विषयगत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका छन्।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले यसअघि पनि आफ्ना ग्राहक र कर्मचारीलाई विभिन्न सेवामा सुविधा दिलाउने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै आएको छ।





Comment