हिमालयन इन्भेष्टमेन्टले ४ अर्बको लार्ज क्याप फण्ड ल्याउने, बोर्डबाट पायो अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

हिमालयन इन्भेष्टमेन्टले ४ अर्बको लार्ज क्याप फण्ड ल्याउने, बोर्डबाट पायो अनुमति

हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सामुहिक लगानी कोष योजना संचालन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन २२ गते योजना संचालन गर्नको लागि अनुमति प्रदान गरेको हो। फण्डले साउन ११ गते बोर्डमा आवेदन दिएको थियो।

कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि एचएलआई लार्ज क्याप फण्ड नामको बन्दमुखी योजना संचालन गर्न अनुमति पाएको हो । लार्ज क्याप फण्ड भनेको धेरै चुक्ता पुँजी भएका अर्थात् ठूला कम्पनीको शेयरमा लगानी गर्ने फण्ड हो ।

यस फण्डको आकार ४ अर्ब रुपैयाँको रहेको छ । जसमा प्रति इकाई १० रुपैयाँको दरले ४० करोड इकाई निष्काशन हुने छ ।

प्रकाशित : २४ श्रावण २०८२, शनिबार १०:०९ 9 August, 2025 10:09 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।