राष्ट्र बैंकको कार्यकारी निर्देशकमा दाहाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा दाहाल



काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुरपरिवेक्षण विभागमा कार्यरत अनुज दाहाल कार्यकारी निर्देशकमा बढ्वा भएका छन् । राष्ट्र बैंकको मानव संशाधन विभागको साउन २० गते बसेको बैठकले दाहाललाई कार्यकारी निर्देशक पदमा बढ्वा गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार देहायका निर्देशक (अधिकृत प्रथम) लाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रकाशित : 6 August, 2025 12:05 pm