काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आज आफ्नो २३औं स्थापना दिवस मनाएको छ। बैंक २०६० साल असार २५ गते स्थापना भई २०६१ साल साउन १९ गतेदेखि औपचारिक रूपमा कारोबार सुरु गरेको हो।
सहकारीमार्फत देशभर छरिएका पूँजी, सीप र साधनलाई एकीकृत गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने र सहकारी संघ–संस्थालाई वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको बैंकमा नेपाल सरकारको समेत शेयर लगानी छ।
हाल बैंकमा ७७ जिल्लाका १६ हजारभन्दा बढी सहकारी संघ–संस्थाहरू सदस्य छन्। केन्द्रीय कार्यालयसहित ७ प्रदेश कार्यालय र ६८ शाखामार्फत बैंकले सेवा दिँदै आएको छ।
स्थापना दिवसको अवसरमा बैंकले देशभरका सहकारी संघ–संस्थाको सहभागितामा “सहकारीमा नियामकीय मापदण्ड तथा सम्पत्ति शुद्धिकरण निवारण” विषयक गोष्ठीको आयोजना गरेको जनाएको छ।





Comment