हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी छिटो फछ्र्यौट गर्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी छिटो फछ्र्यौट गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिको बीमा दाबी छिटो फछ्र्यौट गर्न निर्देशन दिएको छ।

प्राधिकरणले निर्जीवन बीमा तथा निर्जीवन लघुबीमा कम्पनीहरूलाई यस विषयमा विशेष ध्यान दिन आग्रह गर्दै बीमा दाबी सहज रूपमा समाधान गर्न निर्देशन दिएको हो। बीमितको धनसम्पत्तिमा भएको क्षति तथा यसबाट सिर्जित असहजतालाई मध्यनजर गर्दै बीमा कम्पनीहरूलाई दाबी भुक्तानी प्रक्रिया तीव्र गतिमा अघि बढाउन भनिएको छ।

बीमा प्राधिकरणका अनुसार हुलदङ्गाबाट भएका क्षतिको विवरण बीमा कम्पनीहरूले एक्सेल स्प्रेडशीट ढाँचामा प्राधिकरणले उपलब्ध गराएको गुगल फर्मको लिङ्कमार्फत साप्ताहिक रूपमा प्रत्येक बुधबार बुझाउनु पर्नेछ।

बीमा कम्पनीहरूले निर्देशित समयमै दाबी फछ्र्यौट नगरेमा नियामकीय कारबाहीको सामना गर्नुपर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ। बीमितहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराई बीमा प्रणालीप्रति विश्वास बढाउने उद्देश्यले यस्तो निर्णय लिइएको प्राधिकरणको भनाइ छ।

प्रकाशित : १६ चैत्र २०८१, आइतबार १८:०७ 30 March, 2025 6:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।