सानिमा रिलायन्स इन्स्योरेन्सले ९.२४ प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सानिमा रिलायन्स इन्स्योरेन्सले ९.२४ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ९.२४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाषणा गरेको हो । जसमध्येमा १.२४ बोनस सेयर वितरण गर्ने घाषणा गरेको भएको छ भने ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

फागुन १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस सेयर वितरण गरिनेछ ।

प्रकाशित : 27 February, 2025 10:20 am