नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

बैंकले यसअघि पौष २४ गते संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । कुनै पनि संस्थापक शेयरधनीले सो खरिदका लागि आवेदन नदिएपछि सर्वसाधारणका लागि विक्री खुला गरिएको हो ।

यो शेयर किन्न इच्छुकले ७ दिन भित्र आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय भरतपुरमा आवेदन दिनु पर्नेछ।

प्रकाशित : २ फाल्गुन २०८१, शुक्रबार १०:०० 14 February, 2025 10:00 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।