गरिमा विकास बैंकको डेविट र क्रेडिट कार्डमार्फत सिधै अनलाईन भुक्तानी गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

गरिमा विकास बैंकको डेविट र क्रेडिट कार्डमार्फत सिधै अनलाईन भुक्तानी गर्न सकिने

काठमाडौं । गरिमा विकास बैंकले डेविट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरुमार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्री डी सेक्युर ई–कमर्श सेवाको सुरुवात गरेको छ ।

बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरुमार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्री डी सेक्युर ई–कमर्श सेवाको सुरुवात गरेको हो ।

उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेविट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गर्न सक्नेछन् । जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सकिनेछ ।

अनलाईनमार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा ओटिपी जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित : १० माघ २०८१, बिहिबार १९:०३ 23 January, 2025 7:03 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।