साना किसानले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थबजार स्टोरी

साना किसानले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने


साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ ।


संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शुन्य दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयस प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।


संस्था लि.ले आर्थिक वर्ष २०७९÷८० मा रु. ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आ.व वर्ष २०८०÷८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा रु. ९२ करोड १९ लाख पुगेको छ ।

यसैगरी आ.व २०७९÷८० मा कुल सञ्चालन आम्दानी रु.१ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आ.व. २०८०÷८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।


यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् ।


१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पु¥याउन सफल यस संस्थामा दलित १२%, जनजाति ३४% र अन्यको ५४% रहेकोमा महिला सहभागिता ८०% रहेको छ ।

प्रकाशित : २३ पुस २०८१, मंगलबार २१:४८ 7 January, 2025 9:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।