काठमाडौं । सप्तरीको राजविराजविमानस्थलबाट रात्रिकालिनउडान सुरु भएको छ । रात्रिकालिनउडान सेवाकालागिआवश्यक पर्ने विभिन्न उपकरणजडान गरिएसँगै बुद्ध एयरले यो विमानस्थलमाव्यावसायिक रुपमा रात्रिकालिनउडान सुरु गरेको हो ।
राजविराजविमानस्थलमा रात्रिकालिनउडानको उद्घाटनगर्दै संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्रीबद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालिन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवापुग्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘अब राजविराजछायामा पर्ने छैन । विमानस्थलाई नियमित सञ्चालनकालागि सबै प्रयत्न गरिनेछ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन ।’
मन्त्रीपाण्डेले विमानस्थलको रात्रिकालिन सेवाले अर्थतन्त्रलगायतविविध क्षेत्रमाबहुआयामिकप्रभावपार्ने बताए । उनले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवद्र्धनकानिम्ति यो विमानस्थल सहयोगीबन्ने धारणा राखे । उनले राजविराजबाटसिधापोखरालगायतगन्तव्यमाउडान गर्नेगरी आगामीदिनमायसलाई विकास गरिनुपर्नेमा जोड दिए । यसअघिमन्त्रीपाण्डेले एयरफिल्डलाइटिङ सिस्टमको उद्घाटन गरेका थिए ।
यो सँगै रात्रिकालिनउडानहुने विमानस्थलको संख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीविमानस्थल रात्रिकालिनउडानभईरहेको छ ।राजविराजविमानस्थलमाविसं २०७६ माघ १८ देखि बुद्ध एयरले बुद्धले ७२ सिटक्षमताको एटीआर विमानमार्फत काठमाडौँ–राजविराज–काठमाडौँ दैनिक रुपमानियमितउडानगर्दै आएको थियो ।
राजविराजविमानस्थलविसं २०१६ सालमातत्कालीनमन्त्रीगणेशमान सिंहले उद्घाटन गर्नुभएको थियो । राजविराजविमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडापक्कीधावनमार्ग रहेको छ । लामो समयबन्द रहेको राजविराजविमानस्थलबाटविसं २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको गियो । उसले उडान सुरु गरेको एक वर्ष राजविराजउडानबन्द गरेको थियो ।
Comment