फेरि बढ्यो सुनचाँदीको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

फेरि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । बिहीबार सुनको भाउ वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार १ लाख ५० हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । तर, आजका लागि भने १ लाख ५० हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

साताको पाँचौ कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ ।आज चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ८८० रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार ८६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रकाशित : २० मंसिर २०८१, बिहिबार १०:५५ 5 December, 2024 10:55 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।