काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। मंसिर १४ गते बसेको होटलको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेका हो ।
होटलले ऋण चुक्ता गर्नका लागि कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ । उक्त हकप्रद सेयर अब होटललको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात निष्कासन हुनेछ ।
Comment