द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न



काठमाडौं । ‘टीबीसी करियर फेस्ट– २०२४’ नेपालका उत्कृष्ट प्रतिभाहरु देशमै राख्ने र उनीहरुलाई देशभित्रै वृद्धि र विकासको अवसर प्रदान गर्ने मञ्च भएको उहाँको भनाई छ । प्यानल डिस्कसनको संचालन भने ग्रोथ सेलर्सकी सीओओ रचिका करण्जितले गर्नुभएको थियो ।

सहभागी रोजगारदाताहरूले ब्रिटिस कलेजको करिअर फेस्टको गुणस्तर र यसले विस्तार गरेको पहुँचको खुलेर प्रशंसा गरेका छन् । नेपालमा रिक्रुटमेन्टको नयाँ मापदण्ड स्थापीत गर्न कलेजको भूमिका अहम् रहेको सहभागी कम्पनीहरुको प्रतिक्रिया छ ।

त्यस्तै, अवसरको खोजीमा रहेकाहरुले पनि सकारात्मक प्रतिक्रिया दिँदै आफूहरुको सम्भावनालाई सहि आकार दिन फेस्ट फलदायी भएको बताए । ‘टीबीसी करिअर फेस्ट– २०२४’ स्थानीय अवसरहरूको प्रवर्द्धन, रोजगारी बजारका चुनौतीहरूको समाधान, र आगामी पुस्ताका प्रोफेशनलहरुलाई प्रेरित गर्न महत्वपूर्ण कदमका रूपमा खडा भएको कलेजको विश्वास छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागी कम्पनीहरू, वक्ताहरू, प्यानलिस्टहरु र उपस्थित सबैप्रति द ब्रिटिस कलेज आभार व्यक्त गर्दछ ।

प्रकाशित : १३ मंसिर २०८१, बिहीबार १८:१०