काठमाडौं । नेपाल राष्ट्र बैंकको रिपोर्टले महँगी घटेको देखाएको छ । असोज महिनामा उपभोक्ता मुद्रास्फिति ४.८२ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फिीति दर ७.५० प्रतिशत थियो ।
असोजमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ७.१८ र गैर–खाद्य तथा सेवा समूह मुद्रास्फीति ३.४९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, बैंकले मंगलबार जारी गरेको तथ्यांकमा २०८१/०८२ को पहिलो तीन महिनामा तलब तथा ज्याला ३.३६ प्रतिशतले बढेको देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा ५.६५ प्रतिशत थियो ।
Comment