क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने



महोत्तरी । देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन आजदेखि महोत्तरीको बर्दिवासमा आयोजना सुरू भएको छ।

 महाधिवेशनको उद्घाटन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले गर्ने महासंघले जानकारी दिएको छ।

साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए ।

 महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी रहेको महासंघले जनाएको छ । यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्ने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

 महासंघको स्थापना २०७० सालमा भएको थियो, जसको उद्देश्य देशभर छरिएर रहेका क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूलाई एकताबद्ध गर्नु र व्यवसायीहरूको हकहितका लागि पहल गर्नु हो। २०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो ।

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार १०:५०