मुनलाइट हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मुनलाइट हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज



मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त सेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धमा नियुक्ति गरेको छ ।

सो सम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।

मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित : १२ कार्तिक २०८१, सोमबार १०:१०