गरिमा विकास बैंकले कमायो साढे २२ करोड नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकले कमायो साढे २२ करोड नाफा



गरिमा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले २० करोड १५ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा बढेका कारण नाफामा वृद्धि भएको हो । गत वर्षको असोज मसान्तसम्म ८८ करोड ८३ लाख रुपैयाँ रहेको बैंकको ब्याज आम्दानी बढेर ९८ करोड ६८ लाख लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको सञ्चालन मुनाफा १२ प्रतिशतले बढेर ३२ करोड २३ लाख रुपैयाँ भएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८ करोड ६९ लाख रुपैयाँ धनात्मक रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य मुनाफा १७ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको खराब कर्जा बढेर ३.८२ प्रतिशत पुगेको छ । गत वर्षको बैंकको एनपीएल २.६८ प्रतिशत रहेको थियो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष १४.१९ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर १५.९० रुपैयाँ पुगेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १६२.०७ रुपैयाँ रहेको छ ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार २०:२४