सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?



काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुन–चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर पर्ने गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (कात्तिक ६ गते) छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च पूल्य हो ।

यसअघि सोमबार कात्तिक ५ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउमा पनि नयाँ रहेकर्ड कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर २१ सय रुपैयाँ पुगेको छ । सोमबार चाँदीको भाउ २ हजार ९५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलवार ११:४७