मेवा डेभलपर्समा रु. ५० करोड लगानी गर्दै नेपाल लाइफ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेवा डेभलपर्समा रु. ५० करोड लगानी गर्दै नेपाल लाइफ



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मेवा डेभलपर्समा लगानी गर्ने भएको छ।

नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा मेवा डेभलपर्समा लगानी गर्न लागिएको कम्पनीले जनाएको छ। मेवा डेभलपर्स मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनाको प्रवर्द्धक हो।

नेपाल लाइफले मेवा डेभलपर्सको अंकित मूल्य १०० रुपैयाँमा ५० लाख कित्ता शेयर खरिद गर्ने सम्झौता गरेको छ। जसअनुसार कम्पनीले मेवा डेभलपर्समा ५० करोड रुपैयाँ लगानी गर्नेछ।

गत कात्तिक १ गते नेपाल लाइफ र मेवा डेभलपर्सबीच शेयर खरिद सम्झौता भएको थियो।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार ११:१३