नेपाल लाइफ इन्स्योरेन्सद्धारा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल लाइफ इन्स्योरेन्सद्धारा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान



काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडित ४५ घर परिवारलाई चामल, दाल, नुन, तेल र साबुन प्रदान गरेको हो । प्रति परिवार ३० केजी चामल, २÷२ केजी दाल र नुन,  २ लिटर तेल र प्रति परिवार ४ वटाका साबुन प्रदान गरेको हो । 

असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको हुँदा कम्पनीले प्रति घरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको हो । यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण  विस्थापित भएका ३० घरपरिवारलाई  खाद्यान्न वितरण गरेको छ ।  

प्रकाशित : ३० आश्विन २०८१, बुधबार १९:०६