कामना सेवाको साधारणसभा सम्पन्न, लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवाको साधारणसभा सम्पन्न, लाभांश पारित



काठमाडौ । कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा सम्पन्न गरेको हो। सभा काठमाडौंको नक्साल भगवती बाहालस्थित लिसारा रिसेप्सनमा आज बिहान सम्पन्न भएको हो।

उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ । साथै, उक्त साधारणसभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सभाले १०० रुपैया दरले ३५ करोड रुपैया बराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ । 

उक्त साधारणसभाले आ.व. २०८१/०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

प्रकाशित : ३० आश्विन २०८१, बुधबार १८:४४