काठमाडौं । नबिल बैंकले दुई शाखा स्थानान्तरण गर्दै छ । बैंकले चितवन र जनकपुरका शाखा स्थानान्तरण गर्न लागेको हो । हाल चितवनको भरतपुर महानगरपालिका ३ कमलनगरमा रहेको नारायणगढ कमलनगर शाखा सोही महानगरको वडा नं.१ मा नारायणगढ मिलनरोड शाखाको नामबाट सर्नेछ ।
त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १ भानुचोकमा जनकपुर शाखाबाट सञ्चालित शाखा पनि सर्दै छ । सो शाखा सोही उपमहानगरको वडा नं. ८ पिडारीचोकमा जनकपुर पिडारीचोक शाखाका नामबाट स्थानान्तरण हुन लागेको हो ।
यी दुवै शाखा कात्तिक ४ गतेदेखि स्थानान्तरण हुने बैंकले जनाएको छ ।
साविकका शाखाको लकरमा टुटफुट हुने सामान भएमा कात्तिक १ गते बिहीबारसम्म निकाल्न बैंकले आग्रह गरेको छ ।
Comment