साढे २२ करोडको आइपीओ जारी गर्दै स्टार माइक्रो, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साढे २२ करोडको आइपीओ जारी गर्दै स्टार माइक्रो, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल



काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

आइपीओ निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्ध नियुक्त गरेको छ ।कम्पनीले आइतबार गरिमा क्यापिटलसँग आइपीओ प्रत्याभूति व्यवस्थापनका लागि सम्झौता गरेको हो ।

सम्झौतापत्रमा गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

स्टार माइक्रो इन्स्योरेन्स २०७९ पुष १४ गते दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमा व्यवसाय गर्दै आइरहेको छ ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलवार ०७:५३