एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड



काठमाडाैं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व गर्र्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो।

सयौं विद्यार्थीहरु मध्यबाट छानिएको समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन् । कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरुको नविन सोचलाई बढावा दिँदै कयौं योजनाहरु समावेश गरीएका छन् ।

एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौँ विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआइ व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए ।

नेपाली समूहका सदस्य समिप अर्यालले भने, अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउण्ड मेसिन हो जसले ग्रामिण क्षेत्रका महिलाहरुलाई सहज सेवा दिन सक्छ । अर्यालले भने, यो उपकरणले सानोस्तरका स्वास्थ्य संस्थालाई एआइ प्रविधिसँग जोड्नेछ । जसले भ्रुणको अवस्था पत्ता लगाई, त्यस विषयमा पर्याप्त जानकारी उपलब्ध गराउँदछ ।

अर्यालले मेसिनले गर्भमा रहेको शिशु वा गर्भवतीमा कुनै स्वास्थ्य जटिलता आइपरेको खण्डमा सो उपकरणले समयमा नै परिक्षण गर्न सक्ने बताए । अर्यालले भने यदि कुनै असामान्य परिस्थिति आईपरेको खण्डमा उपकरणले सिधै सम्बन्धित अस्पतालका चिकित्सकलाई जानकारी पठाएर महिलाको ज्यान जोगाउन सकिनेछ ।

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरुको नविन सोचको उर्जालाई उजागर गरेको छ । सामाजिक हितका निम्ति प्रविधिको प्रयोग प्रति विद्यार्थीहरुको दृढ प्रतिबद्धतालाई अल्ट्राकेयरले प्रमाणित गरेको छ । ह्वावे नेपाल युवा प्रतिभालाई प्रोत्साहन गर्दै भविष्यका सशक्त नेतृत्व निर्माणमा लगातार समर्पित छ ।

प्रकाशित : १७ आश्विन २०८१, बिहीबार १२:२१