निर्जीवन बीमकलाई नेपाल बीमा प्राधिकरणको निर्देशन साप्ताहिक रुपमा विवरण पेस गर्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्जीवन बीमकलाई नेपाल बीमा प्राधिकरणको निर्देशन साप्ताहिक रुपमा विवरण पेस गर्नु



काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बाढीपहिरोबाट भएको क्षतिको विवरण साप्ताहिक रुपमा पेस गर्न बीमक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणले मंगलबार निर्जीवन बीमक र निर्जीवन लघु बीमकलाई कम्पनीलाई परिपत्र गर्दै यस्ताे निर्देशन दिएको हो।

गत आइतबार मात्रै बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा बीमाको दाबी भुक्तानी सरल र सहज तरिकाले यथासम्भव छिटो गर्न/गराउन प्राधिकरण र बीमक बीच सहमति भएको थियो ।बाढीपहिरोका कारण भएको अकल्पनीय क्षतिपछि प्राधिकरणमा आयोजित छलफलमा जनधनको क्षतिमा बीमाको दाबी भुक्तानीका लागि यस्तो सहमति भएको थियो ।

जसअनुसारदाबी भुक्तानी प्रक्रियालाई सरलीकृत योजना अनुरुप सकेसम्म छिटो दाबी भुक्तानी गरिने छ ।विभिन्न भागमा बाढीपहिरोका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखेर पीडितहरुको बीमा दाबीलाई सहज र शीघ्र फर्छ्यौट गर्नका लागि प्राधिकरणले ती कम्पनीलाई यस्ता क्षतिको विवरण साप्ताहिक रुपमा बुधबारका दिन गूगल डकुमेन्टमार्फत पेस गर्न भनेको छ ।

साथै उसले बाढीपहिरोबाट भएको क्षतिको मूल्यांकन गर्न प्राधिकरणबाट इजाजत प्राप्त सर्भेयरलाई विद्यमान प्रकोप अवधिभर सर्भेयरको सूचीमा आबद्ध नभएका सर्भेयरलाई समेत खटाउन सकिने व्यवस्था गरिएको बताएको छ। यस प्रकारको दाबी प्रयोजनका लागि सर्भेयरलाई तोकिएको सर्भे संख्याको सीमा लागू नहुने पनि उसको भनाइ छ ।

बीमकलाई हालको प्रकोपको दाबी भुक्तानीका लागि संक्षिप्त कार्यविधि बनाई लागू गर्न पनि निर्देशन छ। तर सर्भेयरले क्षतिको यकिन गरी तोकिएको अवधिभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

प्राधिकरणका अनुसार बीमकले यस प्रकारको दाबी भुक्तानी सम्बन्धमा पुनर्बीमकहरुलाई तत्काल पत्राचार गर्नुपर्नेछ। बीमकले आवश्यकताअनुसार आंशिक रुपमा अग्रिम दाबी भुक्तानी गर्न भने सक्नेछन् ।

प्राधिकरणका अनुसार दाबी भुक्तानीसम्बन्धी कागजात माग गर्दा प्रहरी प्रतिवेदन र सम्बद्ध निकायको सिफारिशलगायतका कागजात आवश्यक पर्ने छैन ।

प्रकाशित : १६ आश्विन २०८१, बुधबार १५:२९