‘१५औँ इक्यान मल्टि-डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ शुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘१५औँ इक्यान मल्टि-डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ शुरू



काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा आज काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ शुरु भएको छ ।

शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुकाे घुइँचो देखिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले बानेश्वरको एभरेष्ट होटलमा आयोजना गरेको १५औं संस्करणको यो मेलामा अध्ययनको लागि उपयुक्त देश छनोट बारे बुझ्न विद्यार्थीहरू मेलामा पुगेका हुन् ।

मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेकाे छ ।

बिहान १० बजेदेखि सुरु भएकाे यो शैक्षिक मेला बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । अहिले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरू परामर्श दताहरुले राखेका स्टलमा आएर बुझ्ने क्रम जारी छ ।

प्रकाशित : १६ आश्विन २०८१, बुधबार १४:५१