मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रमेन्द्र रायमाझी निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रमेन्द्र रायमाझी निर्वाचित



काठमडौं । मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रमेन्द्र रायमाझी निर्वाचित भएका छन् । उनी एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् ।

संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिष नारायण जोशी चयन भएका छन् । यस्तै, महासचिवमा गरिमा क्यापिटलका सीइओ निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका सीइओ शिवनाथ बहादुर पाँडे चयन भएका छन् ।

संघका सदस्यहरुमा सिद्धार्थ क्यापिटलका सीइओ सन्दीप कार्की, नेपाल एसबीआई क्यापिटलका सीइओ लेखनाथ पोखरेल र कुमारी क्यापिटलका सीइओ पुष्प शर्मा चयन भएका छन् ।

प्रकाशित : १५ आश्विन २०८१, मंगलवार ०७:५९