एभरेष्ट बैंकको साधारणसभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकको साधारणसभा कहिले ?



काठमाडाैं । एभरेष्ट बैंकको लाभांश प्रस्ताव पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले १०% बोनस सेयर र ५.५३% नगद गरी कुल १५.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : १५ आश्विन २०८१, मंगलवार ०७:३१