कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता



काठमाडौं । कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ । भरतपुर महानगरपालिका–१० स्थित कलेज र बैंकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजका तर्फबाट डा.मनोहर प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कलेजसँग बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत विशेछ छुट पाउने भएका छन् । सिओएमएसमा उपचार गर्दा औषधी, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २० प्रतिशतसम्म को छुट पाउने छन् ।

प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले कलेजको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर, यो सुविधा प्राप्त गर्नको लागि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने छ ।

प्रकाशित : १४ आश्विन २०८१, सोमबार १३:५०