राष्ट्र बैंकले आजदेखि दशैंका लागि सुकिला नोट बाँड्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले आजदेखि दशैंका लागि सुकिला नोट बाँड्ने



काठमाडौं । दशैंका लागि सुकिला नोट साट्न पाइने भएको छ । आज अर्थात् असोज १३ गते (आइतबार) नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँ दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो ।

हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै राष्ट्र बैंकले यसपटक नयाँ नोट उपलब्ध नगराउने भएको हो ।

प्रकाशित : १३ आश्विन २०८१, आईतवार ०९:५२