नेपालको अर्थतन्त्र सुधारोन्मुख : एडीबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थतन्त्र

नेपालको अर्थतन्त्र सुधारोन्मुख : एडीबी

काठमाडौं । एसियाली विकास बैंकले वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। गत अप्रिलमा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

पर्यटक र विद्युतजस्ता क्षेत्रमा देखिएको वृद्धिले एडीबीले नेपाल अर्थतन्त्र सकारात्मक बन्दै गएको जनाएको छ। यो बढोत्तरी निरन्तरता पाएमा वर्ष २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशतसम्म पुग्ने एडीबीले जनाएको छ। वर्ष २०२३ मा नेपाल आर्थिक वृद्धिदर २ प्रतिशत रहेको थियो।

एडीबीका अनुसार दक्षिण एसियाली क्षेत्रमा वर्ष २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान छ । वर्ष २०२५ मा यो क्षेत्रको वृद्धिदर ६.५ प्रतिशत कायम हुने एडीबीको प्रक्षेपण छ।

वर्ष २०२४ मा नेपालको मुद्रास्फीति ५.४ प्रतिशतको दायराभित्र रहने अनुमान गरिएको छ। वर्ष २०२५ मा भने बढेर ५.५ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण रहेको छ।

दक्षिण एसियाली मुलुकहरुमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा बढी देखिएको छ। भारतले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने एडीबीको प्रक्षेपण रहेको छ।

प्रकाशित : ९ आश्विन २०८१, बुधबार १३:५१ 25 September, 2024 1:51 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।