कामनाले बाेलायाे साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामनाले बाेलायाे साधारणसभा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले असोज ३० गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसारा रिसेप्शन, भगवती बाहाल, नक्साल, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ । 

यस कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र वितरण हुने अविमोच्य असञ्चिति अग्राधार शेयर जारी गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । 

अग्राधिकार शेयर जारी गर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभाश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलवार १२:२०