सुनको भाउले फेरि बनायो कीर्तिमानी रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउले फेरि बनायो कीर्तिमानी रेकर्ड



काठमाडौं । सुनको भाउले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेर कीर्तिमानी रेकर्ड बनाएको थियो ।

तर, आज फेरि छापावाला सुनको तोलामा ४०० रुपैयाँ वृद्धि भई १ लाख ५९ हजार २०० रुपैयाँ पुगेको छ । यो नै हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको हो । सोमबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार ११:२६