एनएमबि म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा



काठमाडाै । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई वटा अलग अलग योजनाले लाभांश घोषणा गरेका छन् ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको गत असोज २ गते बसेको बैठकले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-२ को आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो।

जसअनुसार एनएमबि फिफ्टीले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-२ ले १० प्रतिशत प्रतिशत नगद लाभांश इकाईधनीहरुले पाउने छन् ।लाभांश प्रयोजनका लागि दुवै योजनाले आगामी असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । योजना व्यवस्थापकको कोष प्रबर्द्धकमा एनएमबि बैंक छ ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार ११:१२