राष्ट्र संघकाे महासभामा भाग लिन अमेरिका जाँदै प्रधानमन्त्री ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्र संघकाे महासभामा भाग लिन अमेरिका जाँदै प्रधानमन्त्री ओली



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र राष्ट्र को महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले ‘समिट अफ डिमोक्रसी’मा सम्बोधन गर्ने उदेश्यले महासभामा भाग लिन जान लागेका हुन्।

त्यहाँ प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता गर्ने अर्को उदेश्य रहेको बताइएको छ। यद्दपि भेटवार्ता गर्नका लागि समय प्रस्ताव गरिएको भए पनि अन्तिम टुङ्गो लागि नसकेको जनाएका छन्।

दुई महिनाअघि सत्ताको नेतृत्वमा आएका ओलीको यो पहिलो विदेश भ्रमण हो।

शुक्रवार संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने प्रधानमन्त्री ओलीले ‘समिट अफ द फ्यूचर’ नामक सम्मेलनलाई सेप्टेम्बर २२ मा अर्थात् आइतवार सम्बोधन गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा अर्थात् आगामी साताको बिहीवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सेप्टेम्बर २४ बाट सुरु हुने महासभाको उद्घाटन सत्रमा भाग लिने प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडनले विश्व नेताहरूका लागि आयोजना गर्ने भोजमा पनि सहभागिता जनाउने छन्।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार ११:०८