महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच अन्तरदेशीय क्युआर पेमेन्ट प्रवर्द्धनको सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच अन्तरदेशीय क्युआर पेमेन्ट प्रवर्द्धनको सहकार्य



काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रवर्द्धन गर्न सहकार्य भएको छ ।

यही असोज १ गते एक कार्यक्रमबीच उक्त सहकार्यको विधिवत रुपमा सुरुवात गरिएको हो । यस अन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, युपीआई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन् ।

मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरुको पहिलो रोजाइको रुपमा रहेकोले डिजिटल भुक्तानीमा समेत उल्लेख्य रुपमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्‍याउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पु्‍याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

डिजिटल भुक्तानीका माध्यमहरुको नवीनतम प्रयोगप्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेका शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : २ आश्विन २०८१, बुधबार १५:४४