तरकारीमा विषादीको अत्याधिक प्रयोग न्युनीकरण गर्न जरुरी छ : कृषिमन्त्री रामनाथ अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तरकारीमा विषादीको अत्याधिक प्रयोग न्युनीकरण गर्न जरुरी छ : कृषिमन्त्री रामनाथ अधिकारी




 काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले  किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको  वताउनुभएको  छ  । काठमाडौको बल्खु स्थीत कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको  जिवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले  लिएका लक्ष्यहरु पुरा हुन सक्दैनन भन्नुभयो ।  आफुले मन्त्रालयको  जिम्मेवारी समाले  देखि किसानलाई मलको सहज व्यवस्था , दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको  उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादन सँगै यसको  बजारीकरणमा कुनै समस्या किसानले  भोग्न नपरोस भन्ने  आफनो चाहना रहेको  वताउनुभयो । तरकारीमा विषादीको  अत्याधिक प्रयोग बढदै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले  यसलाई न्युनीकरण गर्न जरुरी रहेको  वताउनुभयो । विषादी न्युनीकरणका लागि किसान दाजुभाईलाई मन्त्री अधिकारीले  आग्रह पनि गर्नूभयो । किसान र सम्वन्धीत निकाय वीच निकटता भए मात्र किसानका समस्या समाधान हुने  भएकाले  यो  खाडल पुर्न आफु लागेको मन्त्री अधिकारीले  वताउनुभयो   ।  
किसानको  उत्पादन सहर  सम्म ल्याई विक्रिको व्यवस्था गर्नका लागि वल्खुको जस्तो धेरै  कृषि वजारहरुको आवश्यकता  रहेकोमा  पनि मन्त्री अधिकारीले  जोड दिनुभयो  ।  

प्रकाशित : १ आश्विन २०८१, मंगलवार ११:२४