नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा दहाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा दहाल नियुक्त



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक संचालक समितिको १४९औं बैठकको निर्णयले चार बर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त भएका दहालले एम.पि.ए. र एम.बी.ए. गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् । नेपाल सरकारको सेवामा रहँदा विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । दहालको कार्यकालमा थप उचाई हासिल गर्ने विश्वास बैंकले लिईएको छ ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार १३:१०